काठमाडौ। राज्य र सरकारले सरोवर निर्माण गरी निर्मातालाई आर्थिक राहात प्रदान गर्ने भएको छ। नेपालका सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले नेपाली चलचित्र निर्माताहरुको छाता संगठन चलचित्र निर्माता संघ नेपालको कार्यसमितिसंगको भेटमा उक्त कुरा व्यक्त गरेका हुन्।

अध्यक्ष नवल खड्काको नेतृत्वमा चलचित्र निर्माता संघ नेपालका कार्यसमितिले सूचना तथा सञ्चार राज्यमन्त्री बास्कोटासँग भेट गरी संघको आधिकारिक ज्ञापन पत्र मंगलवार बुझाएको हो। यस महत्वपूर्ण भेटघाटमा राज्य मन्त्री बास्कोटाले चलचित्र नीति लागु गरिने र बक्स अफिसलाई असार मसान्तसम्म राज्यले लागु गराएर छोड्ने, यदि यो आदेशको अवज्ञा गर्ने र गराउने जो कोहीलाई पनि कडा कारवाही गर्ने तथा नगरेमा हल नै बन्द गरिदिने जस्ता आश्वासन प्रदान गरेका छन्।

 राज्यले नै जसरी बक्स अफिसको निर्माण गर्न लगानी गरेको छ। त्यसरी नै सरोवरको निर्माण राज्यले गरिदिनु पर्ने तथा उक्त सरोवरको नाममा निर्माताले तिर्दै आएको रकम दस्तुरबाट निर्मातालाई पर्ने आर्थिक शोषणवाट मुक्त गराउनु पर्ने संघको महत्वपूर्ण मागमा राज्यमन्त्री बास्कोटाले प्रतिवद्धता जाहेर जाहेर गरेको राष्ट्रवादी चलचित्र निर्माता तथा नायक समेत रहेका अध्यक्ष नवल खड्काले भिजन संसारलाई जानकारी दिएका छन्।

चलचित्रमा भएको सेन्डीगेटको सफाया र चलचित्र माफियाहरुको सम्पत्ति सुद्धिकरण गरिने भन्दै चलचित्र नीति २०७१ बन्नुमा चलचित्र निर्माता तथा नायक विमल पौडेलको आमरण अनशनको प्रतिफल भएको पनि अध्यक्ष खड्काको ठहर रहेको छ। विमल पौडेललाई राष्ट्रिय सम्मान गर्नुपर्ने राय पनि अध्यक्ष खड्काको रहेको छ।

साथै उक्त आन्दोलनमा चलचित्र कलाकार संघको अध्यक्षको हैसियत र आन्दोलनको प्रवक्ताको महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष नवल खड्काको पनि प्रशंशा राज्यमन्त्री बास्कोटावाट भएको छ।प्रकाशन मिति–२०७५ साल जेठ ८ गते मंगलवार ।