ललितपुर। पाटनको ऐतिहासिक विश्वप्रसिद्ध कात्तिक नाचमा राधा र गोपिनीहरुको बस्त्र हरण भएको छ। मुरली बजाउंदै रुखको फेदमा बसेका भगवान श्रीकृष्णले नांगै नदीमा स्थान गर्दैगर्दा उनीहरुको बस्त्र हरण गरिएको सांकेतिक प्रस्तुति शुक्रबारको कात्तिक नाचमा देखाइएको थियो।

कात्तिक नाचका अदभूत अवतार नै मानिएका डान्समा नेपालको गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशी राधा बनेर शुक्रबारको कात्तिक नाचमा अदभूत अवतार प्रस्तुत गरेका थिए। नाचको हाउभाउवाट सांकेतिक रुपमा भगवान श्रीकृष्णवाट राधा र गोपिनीहरुको बस्त्र हरण कात्तिक नाच अत्यन्त आकर्षक बनेको थियो।

पाटनको कृष्ण मन्दिरनेरको कात्तिक नाच डबलीमा नचाइने यो बर्षको कात्तिक नाचको राधा र गोपिनी बस्त्र हरण नाच प्रस्तुति एघारौ दिनको हो। शनिवार बाह्र्रौ दिनका दिन यो बर्षको कात्तिक नाच संपन्न हुने भएको छ।

प्रकाशन मिति–२०७४ साल कात्तिक १७ गते शुक्रबार ।