काठमाडौ। चर्चा तथा विवादको घेरामा रहेको हिन्दी फिल्म पदमावतीमा रानी पदमावती बनेकी भारतीय अभिनेत्री दीपिका पादूकोणलाई धम्की आएको खुलासा भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार राजस्थानको राजपुत कर्नी सेना नामक संगठनले दीपिका पादुकोणको नाक नै काटिदिने धम्की आएको हो। उक्त संगठनले भिडियो रिलिज गर्दै राजपुतहरुले कहिल्यै महिला माथि हात उठाएको छैन्। तर यदि परेको खण्डमा लक्ष्मणले सुर्णंखालाई जे गरेका थिए हामी पनि त्यही गर्नेछौं भनेको छ।

पदमावतीमा रानी पदमावतीको भूमिकामा रहेकी दीपिका पादुकोणले फिल्ममा छोटा लुगा लगाएको र नृत्य गरेको विषयमा उक्त संगठनले विरोध गर्दैआएको छ। राजपुतहरुको मनोभाव एवं ऐतिहासिक तथ्य तोडमोड गरेको आरोप पनि फिल्म पदमावतीलाई लगाइएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर ८ गते शुक्रबार ।