Rastra Kabilai Manartha Bidhyabaridhi 1काठमाडौ। त्रिभुवन विश्वविद्यालयले राष्ट्रकवि माधवप्रसाद घिमिरे र आयामेली वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई मानार्थ महाविद्यावारिधिबाट विशेष सम्मान गरेको छ।

नेपाली वाङ्मयका क्षेत्रमा झन्डै शताब्दी लामो साहित्य साधना र योगदान गरेका घिमिरे र रार्इ सोमबार सम्मानित भका हुन् । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरे र राईलाई दीक्षान्त प्रमाणपत्रका साथ मानार्थ महाविद्यावारिधि प्रदान गरिन्।
यसअघि विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका ११ व्यक्तिलाई विशेष सम्मान गरिसकेको छ। रासस

प्रकाशन मिति–२०७२ साल चैत्र १ गते सोमवार ।