bidhya-devi-bhandariकाठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको नेतृत्वमा नेपाली महिलाको उपस्थितिलाई आफूले ठूलै क्रान्तिकारुपमा लिएको बताएकी छन्।

पत्रकार मञ्जु कार्कीले निर्माण गरेको नेपाली महिलाहरुको संघर्ष र सफलतासम्बन्धी वृत्तचित्रको शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गर्दै उनले राज्यको नेतृत्व तहमा नेपाली महिलाको उपस्थिति विश्वकै लागि अनुकरणीय रहेको बताएकी हुन् ।

विसं.२०७२ साल नेपाली महिलाका लागि सुखद् रहेको भन्दै भण्डारीले एक वर्षभित्र राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको नेतृत्व तहमा तीनजना महिलाले नेतृत्व गर्न पाएको उल्लेख गरिन्।

वृत्तचित्रमा पुरुषप्रधान नेपाली समाज, महिलामाथि पुरुषले गरेको थिचोमिचो, सतिप्रथा, महिला अधिकार र भोग्नुपरेका समस्यालाई उजागर गरिएको छ । त्यसैगरी, विसं.२०४६ सालपछि भएका परिवर्तनलाई पनि वृत्तचित्रमा समेटिएको छ ।
प्रकाशन मिति–२०७४ साल भाद्र ३० गते शुक्रबार ।