काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएकी हुन्।

राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का प्रा डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ की अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ल छन्।

प्रकाशन मिति–२०७४ साल माघ ५ गते शुक्रबार ।