Rastrapati Bhawanकाठमाडौ। महाराजगञ्ज स्थित नेपालका राष्ट्रपति भवन वरपर नै असुरक्षा बढ्न थालेको छ। राति आठ बजेपछि मदिरापान गर्दै लरखराउंदै आउनेहरुको लर्को तथा उनीहरुले जथाभावी अश्लिल शव्द बोल्दै हिंड्ने भएकोले त्यहाँको रातको बाताबरण हरेक दिनजसो तनाब हुने गरेको स्थानिय सरस्वती शाहको गुनासो रहेको छ।

राति त्यस क्षेत्रमा विशेषत महिला दिदीबहिनीहरुलाई त्यहाँवाट आतेजाते गर्न समेत समस्या पर्न थालेको शाहले भनेकी छन्। राष्ट्रपति भवन वरपरको लाइनमा रेष्टुरेन्टको नाममा खोलिएका बगेल्ती भट्टीहरुका कारण यसप्रकारको समस्या केही समययता देखिन थालेको स्थानिय अर्की गृहणी सरोजा सापकोटाको भनाई रहेको छ।

Maharajganj Area 1राष्ट्रपति भवन नजिकको क्षेत्रमा समेत यसप्रकारको असुरक्षा तथा समस्याले गर्दा रातको समयमा चर्को स्वरमा जथभावी अश्लिल शव्द बोल्दै हिंड्नेहरुले गर्दा स्थानियहरु कान थुनेर बस्न बाँध्य बन्नु परेको सापकोटाले भनेकी छन्। यस संवन्धमा महाराजगञ्ज प्रहरी बृतलाई उजुरी गर्दा पनि त्यस बारेमा खासै सुनुवाई नभएको उनीहरुको गुनासो रहेको छ।

Maharajganj Area Map 2काठमाडौको ठमेलजस्तो पर्यटकीय स्थलमा राति १० नबज्दै रेष्टुरेन्ट बन्द गर्दै हिंड्ने प्रहरी राष्ट्रपति भवन वरपर खुलेका रेष्टुरेन्ट आधा रातसम्म खुल्दा पनि प्रहरी मुकदर्शक हुनुको पछाडि रहस्यमय भएको स्थानिय सपन थापाको आशंका रहेको छ। यस संवन्धमा राष्ट्रपति भवन तथा प्रहरी जस्ता संवन्धित निकायको ध्यानाकर्षण हुनु अत्यन्त आवश्यक भैसकेको उनीहरुको राय रहेको छ।
प्रकाशन मिति–२०७३ साल साउन ३२ गते मंगलवार ।