Bidhya Deviनवलपरासी। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह मंगलवार एकसाथ कार्यक्रममा प्रस्तुत हुनेभनिएतापनि भएन। दुवै एउटै कार्यक्रममा आएतापनि फरक समयको अन्तरमा आएर कार्यक्रमको रौनकता बढाएका छन्।

कार्यक्रम नवलपरासीको दुम्कौलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वतधामको उद्घाटन हो। जुन धामको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीवाट मंगलवार भएको छ। विभिन्न धार्मिक कार्यक्रमसहित आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले धामको उद्घाटन गरेकी हुन्।

Gyanendra Shahउद्घाटनसत्र सम्पन्न भइ राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट काठमाडौं फर्किएपछि पूर्वराजा शाह कार्यक्रमस्थल आइपुगेका थिए। पूर्वराजा शाहलाई कार्यक्रमस्थलमा भव्य स्वागत गरिएपछि धर्मसभा सुरु भएको थियो।

पूर्वराजा शाहलाई धर्मसभाको प्रमुख अतिथि बनाइएको भएपनि उनले कुनै मन्तव्य भने राखेनन्। ७ बिघा क्षेत्रफलमा फैलिएको यस धामको शिलान्यास १८ वर्षअघि स्वामी शंकराचार्यले गरेका थिए ।
प्रकाशन मिति–२०७३ साल फागुन २४ गते मंगलवार ।