Bidhya Devi Bhandari in Pashupatiकाठमाडौ। नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र विश्वकै कल्याणको कामना गर्दै भगवान पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गरेकी छन्।

सोमवार पशुपतिनाथमा आयोजित विशेष पूजाआजामा संलग्न भएर राष्ट्रपति भण्डारीले मुलुकमा भैरहेको संकटवाट मुक्ति मिलोस् भन्ने कामना सहित पूजाआजा तथा संकल्प गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा.गोविन्द टन्डनले जानकारी दिएका छन्।

विहान १० बजेर २० मिनेट जाँदा पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीले करिब एक घण्टा लगाएर सवै विधिपूर्वक पूजाआजा तथा संकल्प गरेकी थिइन्। राष्ट्रपति बनेपछि पहिलोपल्ट भगवान पशुपतिनाथ पुगेकी भण्डारीले राष्ट्रपति भएपछिको पहिलो महिनाको तलब रु. एक लाख २१ हजार ३ सय ६० पशुपतिनाथमा अर्पण गरेकी छन्।

प्रकाशन मिति–२०७२ साल पुष १३ गते सोमवार ।