काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह आज मंगलबार हुने एउटै कार्यक्रममा सहभागी हुने भएका छन्।

Gyanendra with Bidhya Devi.1

नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको उद्घाटन र धर्मसभामा सहभागी हुन राष्ट्रपति भण्डारी र पूर्वराजा शाह त्यसतर्फ जान लागेका हुन्।

राष्ट्रपति र पूर्वराजा एउटै सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो । चौधरी गु्रपका संस्थापक विनोद चौधरीको पहलमा दुवै जनालाई आमन्त्रण गरिएको हो।

कार्यक्रमअनुसार शाश्वत भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नेछिन् भने सर्वधर्म सभामा पूर्वराजा विशिष्ट अतिथिको रुपमा रहनेछन् ।
प्रकाशन मिति–२०७३ साल फागुन २४ गते मंगलवार ।