bidhya-devi-bhandariकाठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरेर शुक्रबार साँझ स्वदेश फर्केकी छन् ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गरे।

सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी यही वैशाख ३ गते भारतको राजकीय भ्रमणमा गएकी थिइन्।
प्रकाशन मिति–२०७४ साल बैशाख ८ गते शुक्रबार ।