Reknown Make up Artist Ganga Jyo Shrestha
Reknown Make up Artist Ganga Jyo Shrestha

काठमाडौ। नेकपा एमालेको घटक संगठन जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियनको काठमाडौ जिल्ला कमिटीको चौथो अधिवेसनले अध्यक्षमा सर्वसम्मतवाट चर्चित मेकअप आर्टिष्ट गंगा ज्यो श्रेष्ठ चयन बनेकी छन्।

Ganga News 2

लामो समयदेखि सौन्दर्यकर्ममा क्रियाशील मेकअप आर्टिष्ट गंगा ज्यो श्रेष्ठको चयनले सही तथा कर्मशील व्यक्तित्वले नेतृत्व गर्ने अवसर पाएको महशुश गरिएको छ। शुक्रबार जिफन्टमा आयोजित समारोहमा जिफन्टका पदाधिकारी जनक चौधरीको रोहवरमा नयाँ नेतृत्व पाएकी श्रेष्ठलाई पदवहाली गराइएको थियो।

Ganga News 5श्रेष्ठको नयाँ नेतृत्वमा सरस्वती नकर्मी उपाध्यक्ष, सचिव शान्ति श्रेष्ठ, कोषाध्यक्ष मीना गुरुङ्ग डंगोल, सहसचिव गायत्री बन्जारा तथा सदस्यहरुमा जमुना ज्यो श्रेष्ठ र मुना अधिकारी रहेका छन्। कार्यकाल दुई बर्षको हुनेछ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन काठमाडौ जिल्ला कमिटीको नयाँ अध्यक्ष बनेपछि श्रेष्ठले भिजन संसारसंगको संक्षिप्त कुराकानीमा आफूलाई अत्यन्त खुशी लागेको र आफ्नो कर्मको कदर गरेको अनुभव भएको बताएकी छन्। सौन्दयकर्मीहरुको हक, हित र अधिकारका लागि आफू कटिबद्ध भएर लाग्ने प्रतिवद्धता पनि श्रेष्ठले जनाएकी छन्।

Ganga News 4प्रकाशन मिति–२०७४ साल जेष्ठ १९ गते शुक्रबार ।