काठमाडौ। मधेसी जनाधिकार फोरम लोकतान्त्रिक पार्टीको काठमाडौ जिल्ला समितिको कोषाध्यक्ष योगेन्द्रदास श्रेष्ठको रुचिको विषय भनेको फुर्सदको बेलामा रिक्सा चलाउने हो। रिक्सा मज्जाले चलाउन जान्ने श्रेष्ठले विश्व रक्तदाता दिवसको अवसरमा पनि मज्जाले रिक्सा चलाएर सवैलाई चकित बनाइदिएका छन्।

Yogendra Dass

अघिल्लो संविधान सभाको चुनावमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिक पार्टीको तर्फवाट काठमाडौ जिल्लाको क्षेत्र नंबर ७ वाट सभासद पदमा उम्मेदवार बनेका श्रेष्ठ आफू भारी मतवाट विजयी हुन नसकेपनि धेरैले आफूवाट अपेक्षा गरेको र राम्रै मत आएको बताउंछन्। आफूलाई विश्वास गर्ने मतदाताहरुलाई आफूले सक्दो सहयोग गर्ने बचन बद्धता पनि श्रेष्ठले दिएका छन्।

काठमाडौमा पहिला जस्तो रिक्सा कम हुन थालेको र रिक्सा चलाउने सडकको अभाव भैसकेको बताउने श्रेष्ठ रिक्सा चलाएर पनि धेरैले जनजीविका चलाउंदै आएको भन्छन्। धेरै परिवार पालिएको रिक्सा व्यवसायीहरु काठमाडौमा ठमेल वरपरमा मात्र सिमित भैरहेकोमा दुःखेसो व्यक्त गर्दै आफ्नो पार्टीले ती रिक्सा चालकहरुको हक, हित तथा अधिकारको लागि चांडै नै केही गर्ने सोच रहेको पनि उनले भनेका छन्।

कुनैबेला नेपाली चलचित्रको चलचित्रकर्मी समेत रहेका नेता श्रेष्ठले वि.सं.२०४६ सालतिर नै चलचित्र अविनाशको निर्माण गरेका थिए। त्यो बेलामा काठमाडौको दरबारमार्ग स्थित पाँचतारे होटल शेर्पामा चलचित्रको शुभमुहर्त गर्ने पहिलो चलचित्रको निर्माताको रुपमा उनलाई लिइएको थियो।

त्यसको अलावा पवन जोशी निर्देशित तथा निर्मित नेपाल भाषाको चलचित्र चरित्रमा समेत चरित्र अभिनेताको भूमिका गरेका उनले टेलिफिल्म दृष्टिकोणमा पनि तकडै अभिनय गरेका थिए। पछिल्लो चलचित्र अव के होला निर्माण गर्ने अन्तिम चरणमा पुग्दा भने विविध कारणले उक्त चलचित्र निर्माण गर्न नपाउंदाको पीडा उनमा रहेको छ। चलचित्र क्षेत्रमा खासै उपलव्धी गर्न नसकेपनि नेपाली राजनीतिमा केही गरेर देखाउने सोचमा लागेका उनलाई हिजोआज रिक्सा नेता पनि भनिन थालेको छ।
प्रकाशन मिति–२०७३ साल असार ४ गते शनिवार ।