Sher Bahadur Deubaकाठमाडौ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक तत्काल नबोलाउने कडक जवाफ दिएका छन्।

यस्तो कडक जवाफ फर्काउनुको पछाडि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको पेपरबाजी र पत्र समेत काटेर गरेको व्यहोरा चित्त नवुझेपछि हो।झनक्क रिसाएका नेता देउवाले त्यस्तो कडक जवाफ दिएको कांग्रेस समाचार स्रोतले बताएको छ।

‘केन्द्रीय कार्यसमिति र संसदीय दलको एकैचोटी बैठक राख्ने तयारीमै थिएँ तर पत्रचार र पेपरबाजी गरियो अब बोलाउँदिनँ,’ नेपाली कांग्रेस संसदीय दलमा आइतबार बिहान तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको छलफलमा देउवाले यसो भनेका थिए–, ‘चिठी पठाउने र पेपरबाजी गरेपछि किन भनेकै बेलामा बोलाउने ?’

छलफलमा नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति देउवालाई आग्रह गरेका थिए । सिंहको जबाफमा देउवाले यस्तो जबाफ देउवाले दिएका हुन्। यसले गर्दा नेपाली कांग्रेसभित्र कचिङ्गलको आगो अझ सल्किएको अनुमान गरिएको छ।

प्रकाशन मिति–२०७३ साल फागुन १५ गते आइतवार ।