काठमाडौ। रंगको पर्व तथा उत्सवको रुपमा लिइने होली पर्व अघिल्ला बर्षको तुलनामा होली मनाउनेहरुको संख्यामा निक्कै नै बृद्धि भएको पाइएको छ। होलीको नाममा विभिन्नCollege Holi क्याम्पसको प्रांगण तथा पार्टी–प्यालेसहरुमा होली मनाउने तथा चर्को ध्वनी एवम् आवाजका साथमा होली मनाउनेहरुको खासै कमी भएन। यसले गर्दा काठमाडौको कतिपय स्थानमा सामाजिक खलल समेत भएको छ।

 

काठमाडौको पुतलीसडPrem Sagar Karmacharya Apatka debataक टुकुचा स्थित शंकरदेव क्याम्पसमा नेवि संघको आयोजनामा चर्को आवाज र चर्को ध्वनीमा होली कार्यक्रम गर्दा वरपरका बातावरण नै खलल भएको थियो। क्याम्पस वरपरका कतिपय घर नै होलीको चर्को आवाज र ध्वनीले कम्पित बनेको थियो। कतिपय घरमा रहेका विरामीहरु पनि होलीको चर्को ध्वनीले तनावमा परेको सोही स्थानका स्थानिय बासिन्दा समेत रहेका नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले बताएका छन्।

Raju Sing

 

टुकुचा इच्छुमति टोलकै अर्का बासिन्दा संगीतकार राजु सिंह पनि कुनैपनि कार्यक्रम गर्दा स्थानिय वासिन्दाको दैनिकीमा असर पर्ने गरेर कार्यक्रम नगरेको भए अत्यन्त राम्रो हुनेथियो भनेर भन्छन्। संगीतकार सिंह चर्को ध्वनी तथा आवाजले सामाजिक बाताबरणमा अत्यन्त खलल हुने गर्छ। शान्त बाताबरणमा मिठो ध्वनी र आपसी भाइचारामा होली पर्व मनाउनुको मज्जा नै बेग्लै हुने बताउंछन्।

Holi Drinking

काठमाडौका प्राय क्याम्पसहरुमा विभिन्न पार्टीका विद्यार्थी भातृसंठगनहरुले होली हंगामा अन्तर्गत चर्को ध्वनी र आवाजमा होली मनाएर काठमाडौवासीलाई दिक्क बनाएको पाइएको छ। अर्कोतर्फ काठमाडौको टुंडिखेलमा होली पर्वको नाममा ठूलै कन्सर्ट आयोजना भएको थियो।

होली पर्व मर्यादित र शोभनिय बनाउन ध्रुम्रपान तथा मध्यपान निषेध गरिएको भनेर स्थानिय प्रशासनले जतिसुकै कडाइ गरेतापनि टुंडिखेलमा आयोजना भएको कन्सर्टलाई एउटा ठूलै मदिरा कंपनीले प्रायोजन गरेर त्यसलाई पुट गरेको देखिएको छ। होलीमा ध्रुम्रपान गर्नेहरु सामान्य भएतापनि मदिरापान गर्नेहरुको खासै कमी भएन। उनीहरु होलीको नाममा खुलेआम सडकमा मादक पदार्थ सेवन गरेर होहल्ला गरेर हिड्ेकोलाई प्रहरीले त्यति कारवाही गरेको पाइएन।

Holi Bishesh 2होली आपसी भाइचारा, सदभाव र प्रेमको प्रतिक भएको दावी गर्ने काठमाडौ विजेश्वरीकी सामाजिक अगुवा मन्जु रानामगर आफूहरु रंगको रमाइलो होली आपसमा रमाएर मनाएको बताउछिन्। दिदीबहिनीहरु भेला भएर रमाइलो गरेर होली मनाउंदा असाध्यै रमाइलो भएको अर्की सामाजिक अगुवा सुनिता कायस्थले भनेकी छन्।

Holi Bishesh 1स्थानिय स्वर्णिम स्कुलकी शिक्षिका नविना तिवारी पनि होलीलाई विकृतिरहित बनाएर मनाउन सक्नु नै होलीको महिमा हो भन्छिन्। बसन्त ऋतुको आगमनसंगै आपसी मेलमिलाप र सदभावको सन्देश वोकेको होली पर्व असत्यमाथि सत्यको जितको पर्वको रुपमा मनाइने गरेको छ, जुन यो पर्व आफैमा महान छ। रिस–राग सवै विर्सिएर एकै रंगमा बाँधिने चाड होली भएकोले यसको महत्व नै बेग्लै रहेको सामाजिक अभियन्ता कायस्थले भनेकी छन्।

प्रकाशन मिति–२०७२ साल चैत्र ९ गते मंगलवार ।