काठमाडौ । ब्राजिलको नोइवा दो कोरडेएरो गाउँमा २० देखि ३५ वर्षसम्मका युवतीहरु आजपनि आफ्नो वरको खोजीमा जुटिरहेका छन् । रुप र यौवनले मस्त हुँदाहुँदै पनि आफ्नो मनको राजा नभेट्टाएर पर्खिरहनुु उनीहरुको नियति बनिरहेको छ । व्यग्रताका साथ हजारौँ युवतीहरु जवानी बिसाउनका लागि विवाहको पर्खाइमा छन्।

rup-ra-yauban

उक्त गाउँमा ठूलो संख्यामा सुन्दरताले भरिपूर्ण युवतीहरु छन् । तर विडम्बना उनीहरुलाई बिहे गर्ने अविवाहित युवकहरु भने पर्याप्त संख्यामा छैनन्। यहाँका युवतीहरु प्रेम तथा विवाहको सपना त सजाउँछन् तर विवाह र प्रेमकै कारण गाउँ जन्मठाउँ छाडेर जाने कुरामा मन्जुर हुँदैनन् ।

बिहे गर्ने केटा घरज्वाइँ बन्न राजी नभएसम्म युवतीहरु बिहे गर्न तयार हुँदैनन् बरु थप पर्खिन तयार हुन्छन् । यो गाउँमा लैंगिक अनुपातको असन्तुलनका कारण युवतीहरु अविवाहित बस्नुपरेकाो हो। गाउँमा मातृसत्तात्मक व्यवस्था छ र महिलाहरुले बसालेको नियमानुसार पुरुषहरु चल्नुपर्छ ।
एजेन्सी
प्रकाशन मिति–२०७३ साल असोज १३ गते विहीवार ।