rushi-ambassdor-for-tarkiकाठमाडौ। रुसी राजदूतको टर्कीमा हत्या भएको छ। गोली हानी टर्कीका लागि रुसी राजदूत एन्ड्रे कार्लोफको हत्या भएको हो। अंकारास्थित आर्ट ग्यालरीको प्रदर्शनीमा भाषण दिने क्रममा २२ बर्षिय एक दंगा प्रहरीले राजदूत कार्लोफको हत्या गरेको टर्कीका समाचार माध्यमहरुले जनाएको छ।

गोली हान्नुअघि ती प्रहरीले सिरिया सरकारलाई रुसले गरिरहेको समर्थनको विरोधमा नारा लगाएका थिए। घटना लगत्तै प्रहरी कारबाहीमा गोली हान्ने दंगा प्रहरी पनि मारिएका छन्। सिरियामा जारी गृहयुद्धमा रुसले सिरियाली राष्ट्रपतिलाई सहयोग गरेको भन्दै रुस बिरुद्ध टर्कीमा ब्यापक प्रदर्शन भइरहेकै बेला यो घटना भएको हो।

यसैबीच टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई घटनाको जानकारी गराउँदै घटनाप्रति खेद ब्यक्त गरेका छन् भने पुटिनले दुई देशबीचको सम्बन्धमा टकरावका लागि घटना गराइएको प्रतिक्रिया दिएका छन्। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल पुष ५ गते मंगलवार ।