Blood Donation in Chikamugal 3काठमाडौ। नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिको आयोजनामा रक्तदान कार्यक्रम संपन्न भएको छ।

Blood Donation in Chikamugal 2काठमाडौको भीमसेनस्थान चिकँमुगलमा शनिवार आयोजित कार्यक्रममा नेपालका रेकर्डेट रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा रक्तदान तथा परिचयात्मक कार्यक्रम भएको हो।

ने।स्व।र।स। २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव राजेश मानन्धरले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने सरन कुमार बानियाँले कार्यक्रम उद्घोषण गरेका थिए।

Blood Donation in Chikamugal 1रगत र रक्त तत्वहरूको अभावलाई न्यूनीकरण गर्न आयोजित सो कार्यक्रममा काठमाडौको झरी तथा बर्षाको बाबजुद पनि ५० जनाले रक्तदान गरेको आयोजक नगर समितिले भनेको छ।

Blood Donation in Chikamugal 4प्रकाशन मिति–२०७४ साल बैशाख ९ गते शनिवार ।