काठमाडौं। सानो उमेरमा नै थ्रीडी आर्टमा चमत्कार देखाएर तहल्का मच्चाएकी कलाकार सुमना बज्राचार्यले जारी लकडाउनमा अर्को चमत्कार गरेकी छन्। त्यो चमत्कार हो–किताव अध्ययन गर्दा ब्रेकका लागि राख्ने बुकमार्क (Bookmark)।

त्यो बुकमार्क (Bookmark) कलाको कलाकारिता गरेर त्यसलाई बुकमार्कको नै उत्पादन गर्ने कार्य कलाकार बज्राचार्यले गरेकी हुन। काठमाडौं बसुन्धरा धापासी निवासी कक्षा १० मा अध्ययनरत कलाकार बज्राचार्यले कोरोना संक्रमणका कारण जारी काठमाडौं उपत्यका लकडाउनमा नै बुकमार्क कलाको सिर्जना गरेर त्यसको उत्पादन गर्ने कार्य समेत गरेकी छन्।

आफूले बनाएका अत्यन्त कलात्मक बुकमार्कलाई सामाजिक कार्यका लागि विक्री समेत गर्ने योजना कलाकार सुमना बज्राचार्यले गरेकी छन्। अर्डर गर्नेहरुलाई उक्त बुकमार्कलाई होम डेलिभरी गरिदिने योजनामा समेत रहेकी सुमना लकडाउनलाई सिर्जनात्मक कार्यमा लाग्न सवैलाई अनुरोध समेत गरेकी छन्। For Bookmark order contact No.9851137111

प्रकाशन मिति–२०७७ साल भाद्र १२ गते शुक्रवार ।