लण्डन। लामो समयदेखि लण्डनमा रहेर नेपाली चलचित्रकर्ममा समर्पित चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छांयाकन, सम्पादन र निर्देशनमा विलकुलै नयां रोमाञ्चक म्यूजिक भिडियो सार्वजनिक भएको छ। लण्डनको प्लमस्टिडस्थित गोर्खा क्लवमा आयोजित कुशल श्रेष्ठको निर्देशनमा अमिका महत क्षेत्रीको ‘मन मनै त हो’ भिडियो सार्वजनिक भएको हो।

फरक ढंगवाट दुई कन्या काव्या श्रेष्ठ र बृष्टि पुन श्रेष्ठले म्यूजिक भिडियो सार्वजनिक गरेका थिए । अर्जुन रत्न भिखारीको शब्द, सुनिल मास्केको संगीत, मेलिना राईको स्वर रहेको गीतमा लण्डनका विभिन्न रमणीय दृश्य राखेर भिडियो बनाइएको छ। म्यूजिक भिडियोमा लोकप्रिय नायक ध्रुव दत्त र अमिका महतको अभिनय छ । मिसेस नेपाल यूकेमा सहभागी अमिकाको यो डेब्यू प्रोजेक्ट हो। म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा कलाकारहरु ध्रुव दत्त र अमिका क्षेत्रीले आ–आफ्नो अनुभव सुनाएका थिए।

युवा कलाकार दीपक मैथाने मगरले सञ्चालन गरेको औपचारिक कार्यक्रममा वरिष्ठ फिल्म निर्देशक सनम बैराग, इनास ग्लोवलका उपाध्यक्ष मनिषकुमार श्रेष्ठ, इनास यूकेका अध्यक्ष विनोद चिपालु, पहिलो मिसेस यूके नेपाल आस्था जोशी, प्रतिभा नक्षत्रका संस्थापक राजेन्द्र खस, अध्यक्ष सिम्मी पुन, क्यामेराम्यान, गेहेन्द्र शाक्य लगायतले शुभकामना दिएका थिए।

पहिलोपटक म्यूजिक भिडियोमा अभिनय गरेकी अमिका चर्चित नाट्यकर्मी स्वर्गीय जीतेन्द्र महत अभिलाषीकी सुपुत्री हुन्। कार्यक्रममा टिम मेम्बर आशिष श्रेष्ठको जन्मोत्सव समेत मनाइएको थियो। इनास यूकेले कलाकारलाई सम्मान गर्ने गजबको कार्यक्रम पनि गरेको थियो।

प्रकाशन मिति–२०७८ साल चैत ७ गते सोमवार ।