Anita Limbu 1

काठमाडौ। नेपाली मोडलहरुको चर्चा तथा पहिचान विश्वमाझ क्रमिक रुपमा बृद्धि हुंदै गएको पाइन्छ। विशेषत नेपाल बाहिर पढ्न तथा काम विशेषले बस्ने गरेका नेपाली मोडलहरुले अन्तरराष्ट्रिय मोडलिङ्ग क्षेत्रमा बेग्लै पहिचान बढाउने कार्य गरेको पाइएको छ।

Anita Limbu 3

यसैक्रममा बेलायतको राजधानी लण्डनमा हाल बसोबास गर्दैआएकी नेपाली मोडल अनिता लिम्बुले अन्तरराष्ट्रिय मोडलिङ्ग क्षेत्रमा बेग्लै पहिचान तथा नाम अनि दाम कमाउन थालेकी छन्। पूर्वी नेपालको पहाडी जिल्ला ताप्लेजुङ्गमा जन्मिएर इटहरी हुंदै लण्डन पुगेकी अनिताले विदेशी मोडलहरुसंग पनि मज्जाले कम्पिटिसन गरेर नेपाली मोडल हुनुको पहिचान राख्दैआएकी छन्।

लण्डनमा आयोजना हुने प्राय फेसन–शो तथा मिस च्यारिटी लगायतका व्युटी कन्टेस्टहरुमा भाग लिएर विभिन्न टाइटल अवार्ड जितिसकेकी छन्। ५ फिट ७ इञ्च उचाईकी अनिता डान्समा पनि अब्बल रहेकी छन्। लण्डनमा हुने विभिन्न च्यारिटी शोहरुमा डान्स गरेर धेरै सहयोग जुटाइसकेकी पनि छन्।

Anita Limbu 2

बेलायतमा नेपालीहरुले स्थापना गरेको ब्रिटिस गोर्खा नेप्लिज काउन्सिलको सदस्य समेत रहेकी अनिता विदेशमा च्यारिटी प्रोग्राम गरेर नेपालका विभिन्न स्थानमा रहेको असहाय तथा विपन्न बर्गलाई सहयोग जुटाउने कार्य गर्दैआएकी छन्।
प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार ।