बेँसीसहर। पश्चिम नेपालको लमजुङ जिल्लामा यो बर्ष परिवार नियोजन प्रयोगकर्ता बढेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा परिवार नियोजन प्रयोगकर्ता बढेका हुन्।

Family Planning

गत आर्थिक वर्षमा २३ जनाले मात्र परिवार नियोजन गरेकोमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ सय ११ जनाले परिवार नियोजन गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका स्वास्थ्य सहायक गौरव ढकालका अनुसार, गत आर्थिक वर्षमा परिवार नियोजन प्रयोग दर २७ प्रतिशत मात्र रहेको थियो।

तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष परिवार नियोजन प्रयोगकर्ता अत्याधिक घटेका थिए । अघिल्लो आव ०७१÷७२ मा परिवार नियोजन प्रयोगदर ३८ प्रतिशत रहेको थियो ।

पुरुषले भन्दा महिलाले बढी मात्रामा परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको छ। परिवार नियोजनका अस्थायी साधनमा पुरुषले प्रयोग गर्ने साधनको भन्दा महिलाले प्रयोग गर्ने साधनको खपत जिल्लामा बढी भएको पनि कार्यालयले भनेको छ।
प्रकाशन मिति–२०७३ साल माघ २५ गते मंगलवार ।