Mr.Chiri Babu Maharjan-Mayor of Lalitpur Metropolitancity
Mr.Chiri Babu Maharjan-Mayor of Lalitpur Metropolitancity

ललितपुर। नेपालका प्रधानमन्त्री शेरवहादुर देउवासंग चुनावको बेला बाजी मार्ने बाजीगर मेयर कोही हो भने, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन नै हुन्। यिनै ललितपुर महानगरपालिकाका बाजीगर मेयर चिरिबाबु महर्जनले अंग्रेजीमा पनि धाराप्रवाह भाषण दिएर बंगलादेशी कलाकारहरुलाई तीनछक्कै पारिदिएका छन्।

Young Picasso News 7

नेपाल बंगलादेश इन्टरनेशनल आर्ट एण्ड कल्चर एक्सचेञ्ज प्रोग्राम अन्तर्गत नेपाल आएका बंगलादेशका एक से एक ख्यातिप्राप्त कलाकारहरुमाझ धाराप्रवाह अंग्रेजीमा भाषण दिएर नयाँ कुरा उद्घोष गरेका हुन्। मेयर चिरिबाबु महर्जनले पाटनको संग्रहालय भएको भवनमा पहिला त्रिपदम स्कुल रहेको र सोही भवनमा आफूले १० बर्ष पढ्ेको खुलासा गर्दै आफूपनि कुनैबेला कलाकार भएको भनेका छन्।

Young Picasso News 4

मेयर चिरिबाबुले त्यो बेला आफूले नगद ५ रुपैयामा आफूले कोरेको चित्र बेचेको समेत बताएका छन्। त्यसरी मेयर चिरिबाबु महर्जनले कला र कलाकारिताको बारेमा खुलेर प्रशंशा गर्दा बंगलादेशी कलाकारहरु अत्यन्त दंग परेका थिए। दंगिएका बंगलादेशी कलाकारहरुले मेयर चिरिबाबु महर्जनलाई बंगलादेशी खादा उपहार प्रदान गरेर बेग्लै सम्मान दिएका थिए।

Young Picasso News 3

बंगलादेशी कलाकारहरुको सम्मान पनि जित्न सफल बाजिगर मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा नेपाल बंगलादेश इन्टरनेशनल आर्ट एण्ड कल्चर एक्सचेञ्ज प्रोग्रामको शुभारम्भ भएको हो। पाटनको सौगलस्थित योङ पिकासो अ स्कुल अफ फाइन आर्टको आयोजनामा भएको यस एक्सचेञ्ज प्रोग्राममा १७ जना बंगलादेशी कलाकार तथा नेपालका १० जना कलाकारका मनमोहक चित्रकला प्रदर्शनमा राखिएको छ।

Young Picasso News 8

आयोजक योङ पिकासोको अध्यक्ष तथा प्रसिद्ध कलाकार अजय देसारका अनुसार पाटन म्युजियमा अक्टोबर २२ देखि अक्टोबर २४ सम्म तीन दिन बंगलादेश र नेपालका कलाकारका कला प्रदर्शनी हुने र त्यसपछिका तीन दिन पोखरामा हुने भएको छ।

Young Picasso News 5 Young Picasso News 2 Young Picasso News 6 Young Picasso News 1प्रकाशन मिति–२०७४ साल कात्तिक ५ गते आइतवार ।