Prem Dhwoj Pradhanकाठमाडौ। लहना मिडियाको आयोजनामा यूएफओ भिन्तुना सनिल हुने भएको छ। यही माघ १४ गते नयाँबजार खुसिबुँस्थित विनायक पार्टी भेन्युमा हुने उक्त सनिल कार्यक्रममा नेपालका कालजयी गीतका चर्चित गायक प्रेमध्वज प्रधानलाई नगद ५१ हजार १ सय ११ रुपैया सहित विशेष सम्मान गरिने भएको छ।

Lahana Bhintuna Sanil 2वि.सं.२००९ साददेखि नेपाली सुगम संगीतमा अनवरत लागिपर्दैआएका कालजयी गीतका गायक प्रधानको योगदानको कदरस्वरुप उक्त सम्मान दिइन लागेको लहना मिडियाले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक विराजकाजी राजोपाध्यायले भिजन संसारलाई बताएका छन्।

यूएफओ भिन्तुना सनिलमा सम्मानित हुन गैरहेका बरिष्ठ गायक प्रेमध्वज प्रधानका साथमा भीम तुलाधर, ज्योति घिमिरे, जेम्स प्रधान, निशा देसार, सुरजवीर बज्राचार्य, एञ्जिला सिंह, भूपेन्द्र बज्राचार्य, अञ्जन श्रेष्ठ, पंकज राजोपाध्याय, सुलिन्द्र शाक्यल लगायतका गायक–गायिकाले आ–आफ्ना सांगीतिक प्रस्तुति प्रस्तुत गर्ने भएका छन्।

Lahana Bhintuna Sanil 1

प्रकाशन मिति–२०७३ साल माघ ७ गते शुक्रबार ।