Swoniga Social Work 3

काठमाडौ। काभ्रे जिल्लाको पाँचखाल तीनपिपले स्थित भूकम्प पीडित दनुवार बस्तीमा लायन्स क्लब अफ काठमाडौ स्वनिगले सामाजिक उत्तरदायित्व अन्तरर्गत भोलियन्टर सर्भिस गरेको छ।

Swoniga Social Work 22

शनिवार लायन्स क्लव अफ काठमाडौ स्वनिगका चार्टर प्रसिडेन्ट लायन ताराप्रसाद कसजुको नेतृत्वमा गएको स्वनिग टीमले दिनभर त्यहाँ श्रमदान गरेर दनुवार बस्तीका भूकम्प पीडितहरुको मन जित्न सफल भएको छ। गत बर्ष २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पवाट दनुवार बस्ती ध्वंस्त भएको थियो।

Swoniga Social Work 12

ध्वंस्त भएको त्यो बस्तीलाई एकिकृत रुपमा नमूना बस्ती बनाउने कार्य करिब–करिब ह्याविट्याट फर ह्यूम्यानिटी नेपालले गरिसकेको छ। ह्याविट्याट फर ह्यूम्यानिटी नेपालले करिब नौ करोडको लगानीमा निर्माण संपन्न हुन गैरहेको एकिकृत दनुवार बस्तीमा लायन्स क्लव अफ काठमाडौ स्वनिग टीमले एकदिन श्रमदान गरेर सहयोग गरेको टीम लिडर तथा चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुले बताएका छन्। जसमा लायन्स क्लव अफ काठमाडौ बालाजु र विशाल बजारको पनि साथ र सहयोग रहेको पनि कसजुले भनेका छन्।

Swoniga Social Work 10

दनुवार बस्तीको घर तथा मन्दिर निर्माण गर्नका लागि लायन्स क्लव अफ काठमाडौ स्वनिग टीमले दिनभर चर्को घाममा पसिना चुहाएरै श्रमदान गरेका थिए। नेपालमा विगत १९ बर्षदेखि न्यून आयस्तर भएका परिवारहरुलाई आवास निर्माण कार्यमा सहयोग गर्दैआएको ह्याविट्याट फर ह्यूम्यानिटी नेपालले एकिकृत दनुवार बस्ती निर्माण गरेको र त्यसमा स्वनिगको सहयोग अत्यन्त प्रेरणदायी रहेको ह्याविट्याट फर ह्यूम्यानिटी नेपालकी कम्युनिकेसन अफिसर लिसा नगरकोटी भन्छिन्।

Swoniga Social Work 2

नगरकोटीका अनुसार, एकिकृत दनुवार बस्ती यही आउने अप्रिल १८ का दिन विशेष समारोह गरेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। एकिकृत नमूना बस्तीमा भूकम्प प्रतिरोधात्मक ८७ वटा घर निर्माण गरिएको साइट इञ्जिनियर विकास घिमिरेले भनेका छन्। सवै घर लगभग तयार भैसकेको र बस्तीका मन्दिर तथा केही स्थानको मात्र अन्तिम तयारी पूरा हुने क्रममा रहेको पनि इञ्जिनियर घिमिरे भन्छन्।

Swoniga Social Work 4दनुवार बस्ती निर्माणको अगुवा रहेका विकास दनुवारले ह्याविट्याट फर ह्यूम्यानिटी नेपालले ध्वँस्त बस्तीलाई नयाँ जीवन दिएको र दनुवार बस्ती आभारी रहेको बताएका छन्। बस्ती निर्माणका क्रममा स्थानीय दनुवारहरुले काम र दाम दुवै पाउनुको अलावा आफूहरुले घर पाउनुको साथै हातमा घर निर्माण गर्ने सीप पनि पाएको सोही बस्ती निर्माणका क्रममा उत्कृष्ट घर निर्माण सीपवान बन्न सफल स्थानीय शारदा दनुवारको भनाई रहेको छ।

Hard Worker Sharada Danuwar
Hard Worker Sharada Danuwar

यसप्रकारका सामाजिक कार्यहरुमा लायन्स क्लव अफ काठमाडौ स्वनिग सदा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता चार्टर प्रेसिडेन्ट कसजुले व्यक्त गरेका छन्।

Swoniga Social Work 7प्रकाशन मिति–२०७३ साल चैत्र १३ गते आइतवार ।