Lions Club of KtM Swoniga 3काठमाडौ। लायन्स क्लव अफ काठमाडौ स्वनिगःको विधिवत रुपमा स्थापना भएको छ। काठमाडौको टेकुस्थित सासा व्याङ्गक्वीटमा आयोजित भव्य समारोह वीच लायन्स क्लव अफ काठमाडौ डिस्ट्रिक गर्भनर लायन बालकृष्ण बुर्लाकोटीले लायन्स क्लव अफ काठमाडौ स्वनिगःको पर्दा उघारेर उद्घाटन गरेका थिए।

Lions Club of KtM Swoniga 2

सोही उद्घाटन समारोहमा लायन्स क्लव अफ काठमाडौ स्वनिगःको चार्टर प्रेसिडेन्टमा तारा प्रसाद कसजुलाई नियुक्त गरिएको घोषणा भएको थियो। नव–नियुक्त लायन्स क्लव अफ काठमाडौ स्वनिगःका चार्टर प्रेसिडेन्ट कसजुले आफ्नो टीमलाई सबल तथा सक्षम बनाएर लायन्स क्लवको भावना तथा सोच अनुरुप अगाडि बढाउने प्रतिवद्धता जाहेर गरेका थिए।

Lions Club of KtM Swoniga 1समारोहमा लायन्स क्लव अफ काठमाडौ स्वनिगःमा आवद्ध चार्टर मेमबरहरुले नव–नियुक्त प्रेसिडेन्ट कसजुलाई बधाई ज्ञापन गरेका थिए।
प्रकाशन मिति–२०७३ साल साउन १७ गते सोमवार ।