M/s Mohana Chhetri-CEO of Morning Glory Entertainment

काठमाडौ। नेपाली फेशन उद्योगमा मोहना क्षेत्रीको बेग्लै योगदान रहेको छ। पेशाले शिक्षिका भएतापनि इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा एक दशक यता मर्निङ ग्लोरी इभेन्ट म्यानेजमेन्टवाट तहल्का मचाउंदै आएकी छन्।

मोहनाले छोएको कुनैपनि इभेन्ट म्यानेजमेन्ट असफल भने भएका छैनन्। बालबालिका देखि टिनएजर अनि एजर सवै समूहका फेशन इभेन्ट प्रोग्रामहरु बर्षमा ६ पल्ट गरेर तहल्का मचाउने कार्य मोहनावाट भएको छ। 

लिडिङ्ग लेडी तथा आइरन लेडी नै मानिएकी मोहनाको यस कार्यमा उनको श्रीमान दिनेश खनालको साथ तथा सहयोग पनि बराबर रहेको छ। मोहनाको हरेक इभेन्ट म्यानेजमेन्टको प्रपोजल राइटिङ देखि प्रोग्राम कन्सेप्ट डिजाइन गर्ने पर्दा पछाडिका हिरो दिनेश खनाल नै हुन्।

यसले गर्दापनि मोहना आफ्नो सफलताको रहस्य दिनेश खनाल भन्न चुक्दैनन्। दिनेश पनि मोहनाका हर कार्यको तारिफ गर्र्दै मोहनाले छाएको पानी पनि सुन हुन्छ भन्न पछि परेका छैनन्। मोहना र दिनेशको दाम्पत्य जीवन सवैको प्रेरणादायी नै विषय हो।

दुवै वीच हरेक कुरामा ट्युनिङ हुनु तथा संगीतको सुरमा ताल मिलेजस्तो बनिनुले पनि यो जोडीलाई अनुपम जोडीको रुपमा लिइएको छ। गीत गायनमा तथा फेशनेबल क्याटवाकमा पनि सक्षम मोहना र दिनेश दुवैको सक्रियता तथा छोरीको साथले मर्निङ ग्लोरी इभेन्ट म्यानेजमेन्ट कंपनीले अग्रता पाउंदै आएको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कंपनीले केही समयअघि धादिङको विकट चेपाङ बस्तीमा पुगेर सहयोग वितरण समेत गरेको छ।

प्रकाशन मिति–२०७४ साल फागुन २४ गते विहीवार ।