Sweta Khadka in Limbu Dressकाठमाडौ। नेपालका अत्यन्त लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठ नहुनुको चार बर्षको गंभीर पीडामा रहेकी उनकै धर्मपत्नी नायिका स्वेता खड्का यतिखेर चलचित्र निर्माणकै दौडमा रहेकी छन्। स्वर्गवासी श्रीमानका अधुरा इच्छाहरुलाई पूरा गर्न नै चलचित्र निर्माणका क्रममा रहेकी नायिका खड्काले निर्माण गर्न लागेको चलचित्रको नाम कान्छी हो।

चलचित्र कान्छीमा नायिका खड्का कान्छी हुने या जेठी हुने ? त्यो भने निश्चित भएको छैन्। यतिखेर विभिन्न पोजका फोटो खिचाउने क्रममा लिम्बु जातिको पहिरनमा बेग्लै फोटो खिचाएर चर्चामा आएकी छन्। एक रेमिटको विज्ञापनको लागि खिचिएको लिम्बु पहिचानको यो फोटोमा स्वेता अत्यन्त खुलेकी छन्।

जीवनलाई नौलो तरीकाले जिउने कोशिश गरेको प्रतित भएको देखिन्छ। शिरफूल, कन्ठ, चेप्टेसुन तथा ढाका सारी जस्ता लिम्बु समुदायका युवतीमाझ लोकप्रिय गर–गहना र पहिरनमा सजिएकी स्वेताले तस्बिर आफ्नो फेसबुक वालमा शेयर गरेकी छन्। उक्त परिहनमा स्वेता निकै सुन्दर देखिएकी छन्।
प्रकाशन मिति–२०७४ साल असार २६ गते सोमवार ।