Limbu Caltural Progm 2

काठमाडौं। विशुद्ध लिम्बू भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वध्र्दनको लागि सकृय याक्थुङ हाक्पारे पालाम सयङको आयोजनमा ‘वेस्मा लाङ्योक २’ नामक सांस्कृतिक कार्यक्रम हुने भएको छ।

गत वर्र्ष वेस्मा लाङ्योक (फरक पाईला) नामक बृहत् सांस्कृतिक कार्यक्रम भएको थियो। यस वर्ष पनि लिम्बु संस्कृतिमा आधारित ‘वेस्मा लाङ्योक २’ गर्न लागेको जानकारी संस्थाका महासचिव शैलेन्द्र थेबेव्दारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। संस्थासँग आवध्द तथा आवध्द नरहेका करिव १ सय जना भन्दा बढी कलाकारलाई एकैपटक मञ्चमा उतार्ने लक्ष्य आयोजकले लिएको छ।

आगामी माघ ६ गते शनिबार राष्टिृय नाचघर जमलमा हुने कार्यक्रममा प्राज्ञ अशोक लोहरुङ राईव्दारा संगीतबध्द एक दर्जन लिम्बु भाषाका गीत प्रस्तुत गरिनुका साथै लिम्बुहरुको मौलिक नाच च्याब्रुङ, धान नाच, हाक्पारे, पालाम, ख्याली र तङसीङ तक्मा यबा फेदाङमाहरुको छुट्टै प्रस्तुती, मौलिक भेषभूषा, लोप हुन लागेका मौलिक सामग्रीहरुको सजावटका कारण पनि उक्त कार्यक्रम ऐतिहासिक हुने अनुमान गरिएको छ।Limbu Caltural Progm 1

सम्पूर्ण कार्यक्रम राष्टिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने व्यावस्था मिलाईएको याक्थुङ हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङ्बुहाङले जानकारी बताएका छन्।
प्रकाशन मिति–२०७४ साल असोज ११ गते बुधवार ।