Loktantra.2काठमाडौ। नेपालमा लोकतन्त्र स्थापना भएको यो बर्षको बैशाख ११ गते आज शनिवारको दिनवाट एक दशक पूरा गरेको छ। २०६२–०६३ सालको १९ दिने जनआन्दोलनको बलमा प्राप्त लोकतन्त्रले राजा ज्ञानेन्द्रलाई विस्थापित गर्न सफल भएको दिनको रुपमा पनि बैशाख ११ गतेलाई लिने गरेको छ। यस अवधिमा नेपालले ८ जना प्रधानमन्त्री पाइसकेको छ। तर, नेपाली जनताको आर्थिक अवस्था हरेक दिनजसो कमजोर बन्दैगएको छ।

Gyanendra

लोकतन्त्रको स्थापना पश्चात नेपाली जनताले ठूलै राहत पाउने अपेक्षा गरिएतापनि हरेक दिनजसो अभाव र तनाव तथा मूल्यवृद्धिले नेपाललाई जर्जर अवस्थामा पुर्याएको सर्वत्र अनुभव गरिएको छ। राजनीतिक अस्थिरता र खिचातानीले गर्दा नेपालमा जति रोजगारीको सिर्जना हुनुपर्नेमा त्यो हुन सकेन। हरेक दिनजसो नेपाली युवाहरु रोजगारीको लागि खाँडी मुलुक जान वाँध्य बनेको पाइएको छ। रेमिन्टान्सको भरमा देश चलेको दावी गर्ने सरकार पटक पटक देखिएको छ। त्यो पनि स्वदेशको उर्वर जनशक्ति विदेशको उष्ण गर्मीमा खर्चेर स्वदेश धान्न खोज्ने खराव नेपाली राजनीतिले नेपाललाई उर्वर बनाउनै सकेन।

Loktantra.1

नयाँ संविधान प्राप्त हुनुबाहेक अन्य आर्थिक विकासका गतिविधि अगाडि बढेनन् । कुनैपनि सरकारले लक्ष्यअनुसार विकास खर्च गर्नै सकेनन् । लोकतन्त्र स्थापनाको १० वर्षको अवधिमा तीनदेखि ५ प्रतिशतसम्मको न्यून आर्थिकबृद्धि रह्यो भने मूल्यबृद्धि १३ प्रतिशतसम्म पुग्यो। यस अवधिमा सूचना तथा प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति भएपनि गुणस्तरमा समस्या यथावत् छ । १० वर्षअगाडि निर्यात् हुने वस्तु आज आयात् गर्नुपर्ने अवस्था छ। व्यापारघाटा बढ्दो छ । कृषियोग्य भूमि बाँझो नै छ । रोजगारीको अवसरको खोजीमा विदेश पलायन हुने युवाशक्तिको संख्या बढ्दो छ ।

Loktantra

स्रोत–साधनमा धनी रहेकाले त्यसको उपयोगका सरकारले कुनै पहल गरेको देखिँदैन । पहिले स्वदेशी र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउनु नितान्त आवश्यक रहेकोमा उनको जोड छ । प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत् गर्दै उपलब्ध स्रोत–साधनको उल्लेख्य उपयोग गर्दै आर्थिक विकासमा केन्द्रित हुनु नै आजको आवश्यकता हो । लोकतन्त्रको संरक्षण र प्रबद्र्धन आर्थिक विकासबाटमात्रै गर्न सकिने हुँदा त्यसतर्फ नेतृत्ववर्ग केन्द्रित हुन अब पनि ढिलाइ गर्न हुँदैन।
प्रकाशन मिति–२०७३ साल बैशाख ११ गते शनिवार ।