Debika Bandana Om Sairam 1काठमाडौ। नेपालकी अत्यन्त लोकप्रिय गायिका देविका बन्दनाको दुई सिर्डी साई भजनको दुईवटा भिडियो रिलिज भएको छ।

काठमाडौको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको सभाकक्षमा आयोजित कार्यक्रममा स्वर्गवासी प्रसिद्ध गायक फत्तेमान राजभण्डारीको धर्मपत्नी जमुना राजभण्डारीको प्रमुख आतिथ्यतामा विमोचन पश्चात रिलिज गरिएको हो।

Debika Bandana Om Sairam 2

गायक तथा संगीतकार फत्तेमान राजभण्डारी स्वर्गवास हुनु दश दिन अघि मात्र यी दुई भजन गीतको संपूर्ण संगीत तयार भएको र रेकर्डिङ्गको बेलामा फत्तेमानको दुःखद निधनले गर्दा त्यो बेला काम पूरा गर्न नसकेपनि बल्ल पूरा गर्न सकेको जानकारी कार्यक्रममा दिइयो।

रिलिज भएको दुई भजन गीत मध्ये ओम सिर्डी साई बोलको भजनका रचनाकार मदन कुमार पौडेल तथा संगीत संयोजक अशोक राई रहेका छन्। जय जय साई राम बोलको गीतको एरेञ्ज अशोक राई र मिक्सिङ्ग र मास्टरिङ्ग दीप तुलाधरले गरेका छन्। दुवै गीतको भिडियोको भजन निर्देशन तथा सम्पादन युवा गायक विजेश पौडेलले गरेका छन्।

Debika Bandana Om Sairam 3भिडियोमा काठमाडौ देखि भारतको सिर्डीसम्मको दृश्यको छायाँकन गरिएको छ। उत्कृष्ट सिर्डी साई भजनको रुपमा दुवै भजन बनेको पाइएको छ। भजन सार्वजनिक गर्ने क्रममा गायिका देविका बन्दनाले आफू सिर्डी साईको अत्यन्त भक्त रहेको र सिर्डी साईको चमत्कारले आफू अझ प्रभावित बनेको समेत उल्लेख गरेकी छन्।

जुन प्रभाव आफ्नो जिन्दगीमा पनि भएको गायिका बन्दनाले खुलासा गरेकी छन्। कार्यक्रममा फत्तेमान राजभण्डारीको नाममा हरेक बर्ष दुईजना स्रष्टालाई नगद राशी सहितको फत्तेमान सम्मान पनि प्रदान गरिने निर्णय भएको छ।

Debika Bandana with Mohana Chhetri
Debika Bandana with Mohana Chhetri

सम्मान कार्यक्रमको संपूर्ण जिम्मेवारी मन्त्र दिव्य इन्टरटेन्टमेन्टले लिएको छ। फत्तेमान राजभण्डारी संगीत सम्मानका निर्णायक समितिमा बसुन्धरा भुसाल, उषा शेरचन, कुन्ती मोक्तान, इन्दिरा प्रसाई, तारा थापा, गृष्मा राजभण्डारी, मेरिना स्मृति, सरला रिजाल र देविका बन्दना रहेका छन्। यस समितिले केही दिनभित्र नै निर्णय गरेर सम्मान पाउने स्रष्टाको नाम प्रकाशित गरिने भएको छ।

प्रकाशन मिति–२०७३ साल फागुन २७ गते शुक्रबार ।