shewta-help-2काठमाडौ। नेपाली चलचित्रका अत्यन्त लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको पनि आज पुष १४ गते जन्म–जयन्ती परेको छ। वि.सं.२०७१ साल साउन २४ गते उपचारको क्रममा भारतको नयाँदिल्लीमा निधन भएको नायक श्रेष्ठ जीवित भएको भए आज ४८ बर्ष पुग्थ्यो।

उनै नायक श्रीकृष्ण श्रेष्ठको पूण्यस्मृतिमा नायक श्रेष्ठ पत्नी नायिका स्वेता खड्काले काठमाडौको धुम्बाराही स्थित घर–आँगन नामक बालआश्रमलाई डेढ लाख रकम सहयोग गरेकी छन्। १९ जना अनाथ बाल–बालिकाहरु उक्त आश्रममा आश्रित रहेका छन्।

आँखावाट खसेको आँसुलाई शक्तिमा बदलिदै सामान्य जीवनमा गत बर्षवाट आएकी नायिका खड्काले बाँचुञ्जेल नायक श्रीकृष्ण श्रेष्ठको संझनामा बाँच्ने र नायक श्रेष्ठको अधुरा कार्यहरु पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
प्रकाशन मिति–२०७३ साल पुष १४ गते विहीवार ।