Lok Sewa Ayog

काठमाडौ। नेपालका सरकारी कर्मचारीको उमेरहद दुई वर्ष बढाएर ६० वर्ष पुर्याउन गर्न लागेको निजामती ऐन संशोधनमा लोकसेवा आयोगले असहमति जनाएको छ।

दुई वर्षसम्म असर हुने गरी हाल कायम रहेका ५८ वर्षको उमेरहद बढाएर ६० वर्ष बनाउने गरी सामान्य प्रशासन मन्त्रालयले विधेयक तयार गरी मन्त्रिपरिषद बैठकमा पेस गरेको थियो।

मन्त्रिपरिषद्ले तत्काल उमेर बढाउँदा के असर पर्छ भन्दै लोकसेवा आयोगसँग परामर्श मागेको थियो।

लोकसेवाले संघीय लोकसेवा आयोग गठनको तयारीमा रहेका बेला तत्काल कर्मचारीको उमेरहद बढाउन उपयुक्त नहुने सझाब दिएको छ।

Lok Sewa Ayog.1प्रकाशन मिति–२०७३ साल माघ १९ गते बुधवार ।