Loadshedding-Schedule

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्षभित्र लोडसेडिङ्ग पूर्ण रुपमा हटाउने घोषणा गरेको भोलिपल्टैबाट लोडसेडिङ्गमा थप बृद्धि भएको छ। पुष महिनाको अति चिसो मौसममा नेपाल विद्युत प्राधिकरणले पुष १० गते शुक्रबार देखि लागू हुनेगरी अझ लोडसेडिङ्ग बृद्धि गरेको छ।

सातामा ७० घण्टा लोडसेडिङ्ग गरिरहेको प्राधिकरणले शुक्रबारबाट थप ७ घण्टा बढाएर ७७ घण्टा पुर्याएको छ। भारतको नाकाबन्दीको कारण चर्को इन्धनको समस्याले आक्रान्त नेपाली जनता खाना पकाउन विजुलीमा निर्भर हुंदैआएको बर्तमान अवस्थामा बढ्दो लोडसेडिङ्गले थप मार पारेको छ। यसको अलावा लोडसेडिङ्गले सर्वत्र असर परेको छ।Loadshedding-Scheduleप्रकाशन मिति–२०७२ साल पुष ९ गते विहीवार ।