Nil Kaji Shakya winner of Ward No. 25 KMC
Nil Kaji Shakya winner of Ward No. 25 KMC

काठमाडौ। दुई दशकअघि नेपालका ख्यातिप्राप्त हांस्य अभिनेताव्द्य मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यव्दारा निर्मित तथा निर्देशित अत्यन्त लोकप्रिय टेलिफिल्म कान्तिपुरमा वडा अध्यक्ष बनेका हरिवंश आचार्यलाई सताउनु सताउने कलाकार नीलकाजी शाक्य वडा अध्यक्षमा विजयी बनेका छन्। काठमाडौ महानगरपालिका वडा नंबर २५ को वडा अध्यक्ष पदमा कलाकार शाक्यले जितेका हुन्।

टेलिचलचित्र कान्तिपुरमा वडा अध्यक्ष बनेर जनहितको लागि अत्यन्त आफ्नो र परिवारको समेत पर्वाह नगरिकन काम गर्ने वडा अध्यक्ष हरिवंश आचार्यलाई अत्यन्त दुःख दिने पात्रको भूमिकामा कलाकार शाक्य रहेका छन्। जसको कारण वडा अध्यक्ष हरिवंश आचार्यले शाक्यलाई गाई पाल्ने साँढे भनेर भन्न बाँध्य बनेका छन्। जतिसुकै राम्रो कार्य गरेपनि वडा अध्यक्षलाई खेदने मात्र काम गर्ने पात्रको प्रभावकारी भूमिका निर्वाह गरेका कलाकार शाक्यलाई समयले गाई पाल्ने साँढे त होइन, वडा अध्यक्ष नै बनाइदिएको छ।

नेपाली कांग्रेसको तर्फवाट वडा नंबर २५ को वडा अध्यक्ष पदमा जित हासिल गरेका नील काजी शाक्यले टेलिचलचित्र कान्तिपुरमा हरिवंश आचार्यले जस्तो प्रभावकारी काम गरेर २५ वडाका जनताको मन जित्ने हुन या हुन्न ? त्यो भने हेर्न नै बाँकी रहेको छ। नव–निर्वाचित वडा अध्यक्ष शाक्यले जनताको चलचित्र बलिदानमा पनि खुखाँर भूमिकामा अभिनय गरेका छन्।

Telefilm Kantipur
Telefilm Kantipur

प्रकाशन मिति–२०७४ साल जेष्ठ ८ गते सोमवार ।