ललितपुर। तिमीलाई के भयो मलाई थाहा भएन, मलाई के भयो तिमीलाई थाहा भएन ! के भयो कस्तो भयो–तिमी मात्र देख्ने ! तिमी नहुंदा मलाई के हुन्छ ! मलाई डर मात्र लाग्ने ! जुनी जुनी तिमीसंगै जिउंने बाँच्ने मेरो चाहना !

यस्तै यस्तै प्रेमको यो प्रेमिल भावना अनि प्रेममय सपना बुन्ने अरु कोही नभइकन ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा सरकार प्रमुख अर्थात लोकप्रिय वडा अध्यक्ष निर्मलरत्न शाक्य हुन्। करिब एकसय जति गीतको सिर्जना गरिसकेका गीतकार शाक्यको यही प्रेमिल भावनाको प्रेममय गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।

नेपालभाषामा सार्वजनिक भएको यस गीतको बोल छन्त छुल जुल रहेको छ। नेपालका गोल्डेन भ्वाइस नै भनेर विश्वविख्यात नेपाली गायक प्रेमध्वज प्रधान तथा प्रेमिल गायिका प्रतिमा राजभण्डारीको युगल गायन रहेको यो गीतको लिरिकल भिडियो गीत रेकर्ड भएको आठ बर्षपछि मात्र सार्वजनिक गर्ने कार्य आफूले गरेको गीतकार वडा सरकार प्रमुख शाक्यले भिजन संसार डटकमलाई दिएका छन्।

वडा सरकार प्रमुख शाक्यकै शव्द तथा संगीत रहेको यस गीतको एरेञ्ज सुमन कपालीले गरेका हुनभने, बीरेन शाक्यले रेकर्ड गरेका हुन्। भिडियो सम्पादन मञ्जिल शाक्यको रहेको छ। मनैदेखि गीत लेख्न खुबी भएका वडा सरकार प्रमुख गीतकार शाक्य सानैदेखि भावुक अनि भावनाशील स्रष्टा हुन्। कतिपय अवस्थामा गीतको भावनामा आफै गंभीर रुपमा गहभरि आँशु चुहाएर रुने गरेका शाक्यका प्राय गीतहरु अत्यन्त मन छुने कर्णप्रिय छन्।

प्रकाशन मिति–२०७८ साल कात्तिक २१ गते आइतवार ।