काठमाडौ। अमेरिकाको बाल्टीमोरमा मुख्यालय रहेको विश्वभरका नेवारहरुको साझा संगठन वल्र्ड नेवा अर्गनाइजेसनको कन्ट्री च्याप्टर नेपालको आयोजनामा हलि नेवाः म्ये कासाः अर्थात विश्व नेवार गीत–संगीत प्रतियोगिता हुने भएको छ। आगामी पुष १८ गते काठमाडौमा विश्व नेवार गीत–संगीत प्रतियोगिता हुने निश्चित गरिएको छ।

newa-press-meet-1

त्यसको लागि हाल तयारी भैरहेको जानकारी काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा आयोजक वल्र्ड नेवा अर्गनाइजेसनको कन्ट्री च्याप्टर नेपालका अध्यक्ष पुष्कर भक्त माथेमाले दिएका छन्। यही कात्तिक मसान्तभित्र प्रतियोगितामा भाग लिनेहरुले नाम दर्ता गराउनु पर्ने तथा मंसीर ४, १० र १२ गते अडिसन हुने बताइएको छ। अडिसन दिदा गाइएको गीत नै फाइनल राउण्डमा गाउनु पर्ने प्रावधान यस प्रतियोगितामा रहेको अध्यक्ष माथेमाले भनेका छन्।

newa-press-meet-2प्रतियोगितामा प्रतियोगीले नेवार भाषामा गीत गाएको हुनुपर्ने र त्यसको लागि गीत गाउने नेवार नै हुनुपर्ने अनिवार्य गरेको छैन्। नेवार भाषा तथा नेवार संस्कृतिको पहिचान दिने मौलिक नेवारी गीतले नै प्रतियोगितामा प्राथमिकता पाउने आयोजकले भनेको छ।                                    Photo by- Sunita Kayastha

प्रकाशन मिति–२०७३ साल असोज ११ गते मंगलवार ।