ललितपुर । कोरोनाभाइरस विरुद्धको खोप अभियानले नेपाली जनतामा उत्साह थपिदिएको छ। सन् २०२१ सालको अन्त्यसम्म सवै नेपालीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने सरकारको अभियानमा स्थानीय सरकारको उत्साहजनक सहयोगले थप उत्साह थपिदिएको हो।

यसक्रममा, ललितपुर महानगरपालिका वडा नंबर ५ मा स्थानीय सरकार प्रमुख लोकप्रिय एवम् जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको कुशल नेतृत्वमा दुईदिने कोरोनाभाइरस विरुद्धको खोप अभियान सवै स्वास्थ मापदण्ड पालना गरेर सफलतापूर्व संपन्न भएको छ।

६० देखि ६४ बर्ष उमेर समूहका स्थानीय वडावासीहरुलाई कोरोनाभाइरस विरुद्धको चाइनिज भेरोसिल खोप प्रदान गरिएको वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्। वडा अध्यक्ष श्रेष्ठका अनुसार गत जेठ २५ र २६ गते चाइनिज भेरोसिल खोपको पहिलो डोज लिनेहरुलाई असार २७ र २८ गते दोश्रो खोपको डोज प्रदान गरिएको हो।

२७ गते आइतवार ५ सयजनाले खोप लगाएका थिएभने, २८ गते सोमवार २ सय ५० जनाले लगाए । वडावासीलाई कोरोनाभाइरसवाट बच्न र बचाउन खोप अभियान शुरु हुने एक हप्ताअगाडि देखि घर–घर पुगेर सूचित गर्ने देखि माइकिङ गर्ने लगायतका सूचना प्रवाह गर्ने कार्य भएवाट ललितपुर महानगरपालिका वडा नंबर ५ मा खोप अभियान अत्यन्त सफल भएको खुलासा महिला वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठले दिएकी छन्।

अर्का वडा सदस्य अशोक कुमार श्रेष्ठ ललितपुर महानगरपालिका वडा नंबर ५ लाई कोरोनामुक्त वडाको रुपमा आफूहरुको प्रयत्न जारी रहेको र यसलाई सार्थक नै वनाउने दावी गर्छन्। त्यस्तै, वडा सदस्य मञ्जु रिजाल तथा पूनम निरौला पनि कोरोनाभाइरस विरुद्धको अभियानमा आफूहरु जनप्रतिनिधिहरुको टीम अहोरात्र लागिरहेको खुलासा गर्छन्।

वडालाई सुखी र समृद्ध वनाउने कार्यमा निरन्तर लागिरहेको तथा वडाको समग्र विकासमा आफूहरु अत्यन्त क्रियाशील भैरहेको जानकारी पनि वडा अध्यक्ष श्रेष्ठले दिएका छन्। त्यसको लागि घाम–पानी तथा दिनरात नभनिकन लागिरहेको पनि वडा अध्यक्ष श्रेष्ठले भनेका छन्।
प्रकाशन मिति–२०७८ साल असार २८ गते सोमवार ।