काठमाडौ। नेपालभाषाका चलचित्रको इतिहासमा नेपाल वाहिर समेत प्रदर्शन भएको चलचित्रमा पछिल्लो समय पानबती पनि देखिएको छ।

अष्ट्रेलियामा आयोजित कार्यक्रममा त्यहाँ ३ वटा शो भएको चलचित्र पानबतीका निर्देशक सुरेन्द्र तुलाधरले भिजन संसारलाई भनेका छन्।

नेपालमा विभिन्न स्थानमा प्रदर्शन भएर ऐतिहासिक रेकर्ड समेत कायम गरिसकेको यस चलचित्र पानबतीको विशेष प्रदर्शन फागुन ५ गते शनिवार भएको छ।

काठमाडौको बागबजारस्थित सिटीम्याक्स हलमा आयोजित कार्यक्रममा पानबती हेर्नेहरुको भीड नै लागेको थियो। त्यसक्रममा नेपालभाषामा ख्यालिःजुजु नै उपनाम पाएका अत्यन्त चर्चित हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।

अभिनेता श्रेष्ठले चलचित्र पानबती हेरेपछि आफूलाई पानबती साह्रै मन परेको प्रतिक्रिया व्यक्त गरेका छन्। पेज थ्री अवार्डमा नौ वटा अवार्ड जित्न सफल चलचित्र पानबतीको प्रदर्शनवाट केही समयअघि दुवै किडनी फेल भएका भक्तपुरका २२ बर्षका तन्नेरी जीवन सुवाललाई नगद २ लाख सहयोग गरेको पनि निर्देशक तुलाधरले भनेका छन्।

शनिवार सिटीम्याक्स हलमा प्रदर्शन गरिएको दुई शोवाट उठेको रकम पनि त्यसरी नै सहयोग कार्यमा खर्चिने पनि निर्देशक तुलाधरले भनेका छन्।

प्रकाशन मिति–२०७४ साल फागुन ६ गते आइतवार ।