Janakapur Janakiकाठमाडौ। नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार विवाह पन्चमीको दिन जनकपुरको जानकी मन्दिरमा प्रवेश गरेको विषयमा जनकपुरमा उक्त दिन ठूलै रडाको मच्चिएको थियो।

राष्ट्रपतिको कारगेड कारमा बम प्रहार गर्ने समेत प्रयास भएको थियो। निक्कै ठूलो झडपको वीच राष्ट्रपति भण्डारीले जानकी मन्दिरको राष्ट्रपतिको हैसियतले दर्शन गरेकी थिइन्।

सोही दर्शनलाई मूल विषय बनाएर तराई–मधेशमा आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले मदन भण्डारीकी विधुवा राष्ट्रपति भण्डारीको जानकी मन्दिर प्रवेशवाट मन्दिर अपिवित्र भयो भनेर शुक्रबार मन्दिरको सरसफाई नै गरेर राष्ट्रपति भण्डारीको अपमान गरेका छन्।

Janakapur Janaki 1

श्रीमान नभएको एकल महिलाको मन्दिर प्रवेशलाई अत्याचार रुपमा अपमान गर्ने अधिकार कसैलाई पनि छैन्। नेपालको कानून अनुसार त्यसरी अपमान गर्ने कसैलाई पनि कानून लाग्छ । यसो हुंदाहुंदै मधेशी मोर्चाका कार्यकर्ताहरुले रिस साँच्न राष्ट्रपतिलाई विधुवा र उनले टेकेको मन्दिर अपवित्र भयो भनेर मन्दिरको सरसफाई गर्नु निक्कै ठूलो अपमान हो। जसलाई अधिकारकर्मीहरुले अपराधको संज्ञा पनि दिएको छ।

राष्ट्रपति भण्डारी अघिका राष्ट्रपति डा.रामबरण यादव पनि श्रीमती वितेको विधुर हुन्। अघिल्लो बर्ष  विवाह पन्चमीका दिन डा.यादव पुग्दा मन्दिर अपवित्र नभएको र अहिले कसरी अपवित्र भयो भनेर अधिकारकर्मीहरुले प्रश्न तेर्साएका छन्। विधुवा राष्ट्रपति मन्दिर जांदा मन्दिर अपवित्र हुने र विधुर राष्ट्रपति जांदा नहुने भन्ने कुराले महिलालाई अझैपनि नेपालमा गरिने विभेदको शिकार स्वयम राष्ट्रपति भण्डारी समेत बनेकी छन्। जुन अक्षम्य अपराध हो।

प्रकाशन मिति–२०७२ साल पुष ४ गते शनिवार ।