काठमाडौ। काठमाडौ महानगरपालिका वडा नंबर २४ का विशेष बरिष्ठ नागरिकहरुको सम्मान भएको छ। काठमाडौको इटुम्बहाल स्थित ताहाननीमा आयोजित कार्यक्रममा वडा नंबर २४ का बरिष्ठ नागरिकहरुको विशेष सम्मान भएको हो।

ताहाननी युवा समूहको आयोजना तथा ताहाननी मिसा पुचःको संयोजनमा भएको विशेष बरिष्ठ नागरिक सम्मानमा २२ जना बरिष्ठ नागरिकहरुलाई सम्मान सहित अभिनन्दन गरिएको छ।

काठमाडौ महानगरपालिकाका कर्मशील मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ८० बर्ष नाँघेका बरिष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र सहित सम्मान गरिएको हो।

कार्यक्रममा काठमाडौ क्षेत्र नंबर ८ का बाम एकताका प्रतिनिधिसभाका उम्मेदवार जीवनराम श्रेष्ठ, क्षेत्र नंबर ८ (क) कै प्रदेशसभाका उम्मेदवार राजेश शाक्य लगायतको विशेष उपस्थिति थियो।

सम्मानित विशेष बरिष्ठ नागरिकहरुले बाम एकताका उम्मेदवारहरुलाई चुनावमा विजयी भवको आशिर्वाद पनि दिइएको थियो।
प्रकाशन मिति–२०७४ साल मंसीर ९ गते शनिवार ।