काठमाडौ। जिम्बाब्वेमा आइसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता खेल्न जान लागेको नेपाली राष्ट्रिय टोलीको विदाई गरेको छ। टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिदाइ गरेका हुन्।

अघिल्लो साता नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेट प्रतियोगिताको उपविजेता बन्दै नेपाली टोलीले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको हो।

शुक्रबार आयोजित बिदाइ कार्यक्रममा खेलाडीलाई सरकारले घोषणा गरेको जनही ३ लाख रुपैयाँ पनि प्रदान गरिएको छ। डिभिजन–२ को उपविजेता बनेर फर्किएको टोलीलाई केही दिनअघि प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट सम्मान गर्दै जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि खेलाडीहरुलाई जनही १ लाख रुपैयाँ प्रदान गरेको छ। जसअनुरुप प्रत्येक खेलाडीले जनही नगद ४ लाख प्राप्त गरेका छन्।

प्रकाशन मिति–२०७४ साल फागुन १२ गते शनिवार ।