काठमाडौ । ५ सय केजी भन्दा बढी तौल भएकी विश्वकै सवैभन्दा तौल भएको मानिएकी इजिप्टकी महिला एमान अहमद अब्देल अटीको तौल नियन्त्रणका लागि भएको शल्यक्रिया भारतमा सफलताका साथ सम्पन्न भएको छ ।

World's Fat women Ahmad

३६ बर्षिया एमानको भारतको मुम्बईस्थित सैफी अस्पतालमा बिहीबार सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो । गत जनवरीमा इजिप्टबाट तौल घटाउनकै लागि उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार अस्पतालको प्रत्यक्ष निगरानीमा बसी उपचार गर्ने क्रममा एमानको १ सय किलोग्राम तौल घटिसकेको अस्पतालले जनाएको छ। एमानको सफल ल्यापरोस्कोपिक स्लिभ ग्यास्ट्रेक्टोमी भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

अहिले एमानलाई रसिलो सुप लगायतका खानेकुरा खुवाउन सुरु गरिएको छ । उनको शरीर शल्यक्रियाका लागि बेहोस पारिए पनि अहिले क्रमशः सुधार भएको छ । एमान विगत २५ वर्षदेखि शारीरिक अवस्थाका कारण घर बाहिर निस्कन सक्दैन्थ्यो । उनलाई गत जनवरीमा विशेष विमानमार्फत भारत ल्याइएको थियो । शल्यक्रिया र उपचारका लागि भारत ल्याउनुपूर्व उनको तौल ५०० किलोग्राम रहेको थियो।
प्रकाशन मिति–२०७३ साल फागुन २७ गते शुक्रबार ।