Edmund Hillaryकाठमाडौ। विश्वको अग्लो शिखर सगरमाथामा पहिलो पाइला टेक्ने प्रथम आरोही सर एडमण्ड हिलारीले सगरमाथा आरोहणको क्रममा लगाएको रोलेक्स घडी विक्री भएको छ।

बेलायतमा आयोजित लिलामीमा हिलारीको उक्त घडी ४२ लाखमा विक्री भएको हो। सन् १९५३ साल मे महिनको २९ तारिखका दिनमा नेपालका आरोही तेन्जिङ्ग शेर्पासंग सगरमाथा आरोहणका क्रममा लगाइएको उक्त घडी जर्मनका एक नागरिकले शुक्रबार आयोजित लिलामीमा खरिद गरेको पुष्टि भएको छ।

Hillari Rolex watchबेलायतको सफोल्कमा आयोजित लिलामी कार्यक्रममा ११ जनावीच प्रतिस्पर्धा नै भएको थियो। ५ हजार पाउण्डवाट शुरु भएको लिलामी २७ हजार पाउण्डमा टुंगिएको थियो। निक्कै उचाईमा समेत प्रयोग गर्न मिल्ने उक्त ऐतिहासिक घडीको यो लिलामीवाट अझ ऐतिहासिक गरिमा कायम हुन पुगेको छ। यो ऐतिहासिक घडी लाएर सगरमाथा आरोहण गर्ने हिलारीको ८८ बर्षको उमेरमा सन् २००८ सालमा निधन भएको थियो। उनी न्युजल्याण्डका नागरिक थिए।
प्रकाशन मिति–२०७२ साल फागुन ७ गते शुक्रबार । प्रजातन्त्र दिवस ।