काठमाडौं। जाति, भाषा, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभर रहेका नेपालीहरुलाई जोड्ने महान उदेश्यनुरुप अमेरिकामा अमृत लामाको अगुवाइमा स्थापित हामी नेपाली ग्लोबल स्पेनमा पनि विस्तार भएको छ। स्पेनको बार्सिलोनामा हामी नेपाली ग्लोबल अन्तर्गत हामी नेपाली स्पेन स्थापित भएको हो।

स्पेनमा हामी नेपाली ग्लोबल विस्तार भएयता हामी नेपाली ग्लोबल ४३ देशमा विस्तार भएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले भिजन संसार डटकमलाई वताएका छन्। अध्यक्ष लामाका अनुसार, सन्तवहादुर क्षेत्रीको नेतृत्वमा ४१ सदस्यीय हामी नेपाली स्पेनको गठन भएको छ।

जसमा कन्सुलर भोला लामिछाने, उपाध्यक्ष मालती पन्थ, सविता अधिकारी, अजय रायमाझी, मधुसुदन उपाध्याय रहेका छन्। महासचिव सुन्दरी लामा शाक्य,किरण छन्त्याल, र अरूण घिमिरे तथा महिला संयोजक मनिषा बरूवाल कार्की, साधना बिष्ट छन्। महिला सह संयोजक बिनीता दास परियार र योगा संयोजक दिपक प्रसाद कोईराला, कोषाध्यक्ष मन्जु गौचन, कुल बहादुर कार्की,मेडीकल डिपार्ट मन्जु के सी रहेका छन्।

सदस्यहरूमा सीता शर्मा, नवराज भट्टराई,सृजना शर्मा, हर्क थापा,धिरज क्षेत्री,लक्ष्मण खत्री, विकास मगर, खिम मगर पुन,बेदु राम आचार्य, कमल राज गुरुङ, कुल चन्द्र पन्थी, ध्रुब परियार, याम बहादुर डागी,सुरेन्द्र पौडेल,हेम मल्ल ठकुरी, रमेश खतिवडा,शास्त्री टिकाराम कंडेल,रोहीत खत्री, नारायण सुवेदी,अर्जुन कार्की,लव बस्नेत,सविना घिमीरे,राज क्षेत्री,नितु शाक्य र लक्षुमान थापा मगर रहेका छन्।


प्रकाशन मिति–२०७७ साल माघ १२ गते सोमवार ।