काठमाडौं। हङकङमा कार्यरत रहेका विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनले एक पछि अर्को गीतमा तहल्का मचाउंदैआएका छन्। यसक्रममा नेपालभाषाको विलकुलै नयाँ गीतमा नयाँ पुस्ताको चाहना बमोजिम र्याप शैलीको पपगीत गाएर उस्ताद महर्जनले तहल्का मचाएका हुन।

उस्ताद कृष्ण भक्त मर्हजनको कर्णप्रिय स्वर अनि शब्द तथा संगीत र भुपेन्द्र बज्राचार्यको एरेन्ज तथा मास्टरिङ रहेको ‘गुलीजक बाँला’ अर्थात अत्यन्त्र राम्री बोलको गीतको भिडियो सार्वजनिक भएपछि गीतका भिडियोहरुमा पनि उस्ताद महर्जनले एक पछि अर्को नयाँ आयाम कायम गर्दैआएको कुरालाई यस गीतमा प्रस्तुत गायन शैली तथा शव्द अनि संगीतले पुष्टि गरेको छ।

‘गुलीजक बाँला’ बोलको गीतको म्युजिक भिडियोका निर्देशक सोनाम पाख्रिन हुन् भने लाहुरे सिंहको कोरियोग्राफी रहेको छ। भिडियो गायकको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। ‘गुलीजक बाँला’ गीतको भिडियोमा विजु पार्की र कविता नेपालीले फिचरिङ गरेका छन्।

प्रकाशन मिति–२०७९ साल भाद्र २५ गते शुक्रवार ।