Pele Marriageकाठमाडौ। विश्वविख्यात फुटबल खेलाडी पेलेले केहीदिनअघि मात्र तेश्रो विवाह गरेका छन्। पेले ६ बर्षयता मार्सिया सिबेसंगको प्रेम–रोमान्समा रहेका थिए। बयोबृद्ध फुटबल प्लेयर पेलेले ७५ बर्षको उमेरमा अझै आफू जवान भएको प्रमाणित गर्न प्रेमिका मार्सियासंग तेश्रो विवाह गरेर सारा संसारलाई चकित पारिदिएका छन्।

पहिलो र दोश्रो विवाह भनेजस्तो सफल नबनेपछि पेले त्यति खुशी देखिएका थिएनन्। त्यसमाथि पछिल्लो समयमा आएर पेले लगातार विरामी बनेपछि प्रेमिका मार्सियाले नै पेलेको स्याहार–सुसार गर्न थालेकी थिइन्। मार्सियाको स्याहार–सुसारवाट तन्ग्रिएका पेलेले मार्सियासँगै विवाह गरेर उनलाई पुरस्कृत गरिदिएका छन्।

मार्सियासंग पेलेको पहिलो भेट सन् १९८० मा भएको थियो। भेट भएको ३० बर्षपछि अर्थात सन् २०१० पछि मात्र दुवै वीच प्रेम–रोमान्स चल्न थालेको हो। मार्सिया हाल ४२ बर्ष पुगिसकेकी छन्। मार्सिया भन्दा पेले ३३ बर्ष जेठो उमेरका छन्। ३३ बर्षको फरकमा विवाह गर्ने विश्वविख्यात खेलाडीमा संभवत पेले पहिलो मानिएको छ।
प्रकाशन मिति–२०७३ साल साउन १ गते शनिवार ।