काठमाडौं। व्यापक चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको शनिवार भने चर्को विरोध भएको छ। काठमाडौं महानगरमा एक पछि अर्को गरेर डोजर आतंक मच्चाउदै आएका मेयर शाहको डोजर आतंक विरुद्ध आवाज बुलन्द भएको हो।

तत्कालिन काठमाडौं महानगरपालिका वडा नंबर २८ हालको वडा नंबर २५ बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वाःछे) मा त्यहाँका स्थानीयवासीहरुले मेयर शाह विरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको थायमदु त्वाःछे भवनमा डोजर चलाएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए।

प्रकाशन मिति–२०७९ साल असोज १५ गते शनिवार ।