Ramita Seminar 8काठमाडौ। नेपालकी चर्चित व्युटी एक्सपर्ट रमिता श्रेष्ठको अगुवाईमा एकदिने बृहत व्युटी सेमिनार भएको छ। काठमाडौको काठमाडौ मलस्थित ग्यालेक्सी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वान डे वन्डरफुल एजुकेशन सेमिनार–२०७४ नाम दिएको व्युटी सेमिनारमा तीन सयभन्दा व्युटीसियनहरुको सहभागिता रहेको थियो।

Ramita Seminar 3बृहत रुपमा भएको एकदिने सेमिनारमा न्यूलुक हेअर प्रोफेसनल व्युटी फर लाइफका तर्फवाट हेयर स्टाइल, व्युटी केयर, मेकअप, मल्टी हाइलाइट, अटोमेटिक हेयर कट, नेल आर्ट, लेटेस्ट हेअर जुरो लगायतका विषयमा सहभागीहरुलाई तालिम प्रदान गरिएको थियो।

Ramita Seminar 5

सेमिनारमा नेपालकी अग्रज प्रतिष्ठित व्युटीसियन डा.राज्यलक्ष्मी श्रेष्ठ, जिफन्टका जनरल सेक्रेटरी जनक चौधरी र भिजन संसारका समाचार सम्पादक श्याम स्मृतलाई योगदानको कदरस्वरुप सम्मान पत्रव्दारा सम्मानित गरिएको थियो। कार्यक्रम संचालन न्यूलुककी सिर्जना थापाले गरेकी थिइन्।

Ramita Seminar 6एकदिने व्युटी सेमिनार अत्यन्त सफल भएको र सहभागी सवै व्युटीसियनहरुले निक्कै लाभ लिन सफलता प्राप्त गरेको आयोजक विभुति व्युटी केअर एण्ड टे«निङ्ग इन्ष्टिच्युटकी व्युटी एक्सपर्ट रमिता श्रेष्ठले भनेकी छन्। यसप्रकारका सेमिनारले व्युटीसियनहरुलाई थप ज्ञान तथा प्रोत्साहन मिलेको श्रेष्ठको भनाई रहेको छ।

Ramita Seminar 4 Ramita Seminar 2 Ramita Seminar 4 Ramita Seminar 7प्रकाशन मिति–२०७४ साल जेष्ठ १३ गते शनिवार ।