काठमाडौ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य शनिवार सम्मानित बनेका छन्।

कर्माचार्यलाई एक बिशेष समारोहबीच नेपाल सितेरियो कराँते डो संघले नागरिक अभिनन्दन तथा सम्मान प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलद्वारा बुढानिलकण्ठस्थित डोजो हलमा सम्मानित गरिएको हो।

सोही अवसरमा स्थानीय निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख र वडा अध्यक्ष लगायत क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य प्रत्यक्ष, प्रदेशसभा सदस्य प्रत्यक्ष, समानुपातिक उम्मेदवारलाई समेत बधाई तथा शुभकामना पत्रहरू प्रदान गरिएको थियो।

जसमा प्रतिनिधि सभा सदस्य तथा आजको नागरिक अभिनन्दन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि ईश्वर पोखरेल, प्रदेशसभा सदस्य द्वय प्रत्यक्ष नारायण सिलवाल, दीपक निरौला, समानुपातिक सदस्य सीता लामा, बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उदद्धब खरेल, ३ नम्बर वडाध्यक्ष बालकृष्ण श्रेष्ठ रहेका छन्।

यसैअवसरमा गोजुरियो कराँतेका अध्यक्ष गणेश कार्की, ओखलढुंगा जिल्ला प्रदेशसभा (क) निर्वाचित अम्बिर बाबु गुरूङ्ग, समाजसेवी राजेन्द्र खड्का, अन्र्तराष्ट्रिय प्रशिक्षक द्वय प्रेमलाल बम्जन, बुध्दबीर लामा पनि सम्मानित बनेका छन्।

त्यसैगरी निर्णायक मण्डलहरूमा क्रमशः सृजना अधिकारी, सेसुका राई, सानुबाबु तामाङ्ग र हिरादेबी राईका साथै साउथ एशियन च्याम्पियनसिप, श्रीलंकामा आयोजित खेलकुदमा रजत र कास्य पदक जितेर राष्ट्रिय गौरव बोक्न सफल खेलाडीहरू क्रमशः सुशीला तामाङ्ग, अविनाश चौधरी र सुनिल थिङ्गलाई सम्मान गरिएको थियो।

प्रकाशन मिति–२०७४ साल पुष ३० गते आइतवार ।